Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

कस्तो छ ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ को अकुपेन्सी ?


सारांश

कस्तो छ ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ को अकुपेन्सी ?
images

काठमाडौं ।  बहुप्रतिक्षित दुई चलचित्र  ‘छड्के २’ भन्दा ‘छक्का पञ्जा ४’ को अकुपेन्सी तुलनात्मक रुपमा राम्रो छ । आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ ।Capture.PNG

छड्केको वितरण अधिकार सुनिल मानन्धरले लिएका छन् । अनमोल केसीको क्रेजका कारण आफूले केही नसोची चलचित्रको राइट्स किनेको मानन्धरको भनाइ छ । मानन्धरले १ करोड ५० लाखमा ‘छड्के’ को राइट्स किनेका हुन् । चलचित्रले राम्रो व्यापार गरेको खण्डमा वितरकले हालेको र १५ प्रतिशत कमिसन काटेर बचेको पैसा निर्माण टीमले पाउनेछ ।

download (4).jfif

 ‘छक्का पञ्जा ४’का वितरक मनोज राठीले अढाई करोड रुपैयाँमा ‘छक्कापञ्जा ४’ को राइट्स किनेको चर्चा छ । आफूले वितरण गरेका चलचित्रहरुमध्ये ‘छक्का पञ्जा ४’ मा अहिलेसम्मकै ठूलो लगानी गरेको राठीले बताए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij