सारांश
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ मा अव ओडिआई मान्यता सोझै जोगाउन युएईलाई कम्तिमा एक खेलमा हराउनु पर्ने भएको छ । नेपालले ओडिआई मान्यता सोझै प्राप्त गर्न युएईसँग बाँकी तीन मध्य एक खेल जित्नुपर्ने समिकरण बनेको हो ।
नेपालले अव युएईसँग तीन र पपुवा न्युगिनीसँग दुई खेल खेल्न बाँकी छ । युएईसँग नेपालले सोमबार खेल्नेछ । त्यसपछि बाँकी समान दुई खेल भने नेपालले घरेलु मैदान टियुमा खेल्नेछ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले युएईलाई तीन मध्य एक खेल जित्नै पर्ने हुन्छ ।
नेपालले बाँकी सबै खेल जितेको खण्डमा ४० अंकका साथ सोझै विश्वकप छनोट खेल्नेछ ।