Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

चीनले बढायो रक्षा बजेट


सारांश

चीनले बढायो  रक्षा बजेट
images

एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ ।

गत वर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४.७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ ।

चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ । पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा अधिक रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij