सारांश
काठमाडौं । दीपक र दीपाको चलचित्र 'छक्का पन्जा ४' को विभिन्न भिडियो क्लिपहरू टिकटक लगायत सामाजिक संजालमा छ्यापछ्याप्ती छ। चलचित्रको क्लिप बाहिरिएपछि डिजिटल अधिकार किनेको ओएसआरले अहिले साइबर ब्युरोमा उजुरी दिएको छ ।
चलचित्रका कलाकार तथा निर्माता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले उक्त जानकारी फेसबुकमार्फत दिएका छन्।
‘सचेत रहनुहोला है! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ। कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’ उनले लेखेका छन्।