सारांश
एजेन्सी । टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले जनाएको छ ।
सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ गते ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा रहेको थियो ।
टर्की सरकारका अनुसार विपत्तिबाट कूल दुई लाख १४ हजार भवनहरूमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।