Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

ईयूका सबै सिफारिस पूरा गरेको युक्रेनको दाबी


सारांश

ईयूका सबै सिफारिस पूरा गरेको युक्रेनको दाबी
images

एजेन्सी । युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युद्धग्रस्त आफ्नो राष्ट्रले युरोपेली सङ्घ (ईयू)मा सामेल हुन वार्ता सुरु गर्न दबाब दिइरहेका बेला किभले युरोपेली सङ्घका सबै सिफारिसहरू पूरा गरेको बताएका छन् । 

“युक्रेनले ईयूका सातवटै सिफारिस पूरा गरेको छ,” उनले ट्विटरमा लेखेका छन् । “यसले यस वर्ष ईयू प्रवेश वार्ताको सुरुआतमा अगाडि बढ्ने हाम्रो दृढतालाई दर्शाउँछ,” उनले भने ।

सन् २०१४ मा ईयू समर्थक क्रान्ति गरेको युक्रेनले एक वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश यसै वर्ष युरोपेली सङ्घमा सामेल हुन वार्ता सुरु गर्न योग्य रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij