सारांश
काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको हिजो राति स्पेनमा उपचारका क्रममा निधन भएको छ । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् ।
लम्सालका दुई श्रीमती र चार सन्तान छन् । सागर कान्छीपट्टिका कान्छा छोरा हुन् । उनका दाइ अमेरिकामा र बहिनी अष्ट्रेलियामा छन् । यस्तै जेठी आमापट्टि एक जना भाइ छन् ।
लम्सालले गाएका ‘वालिङ फिरफिरे…, म्याग्दी खोला किनारै बसेर…, आमा तिम्रो दूधको धारा कहिले तिरिन्छ…, सिरमा रिबन सलको पछ्यौरी…, पारी पर्यो भिर साह्रै पर्यो पिर…, लगायतका गीतहरू चर्चित थिए ।