Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

अमिताभ बच्चन छायांकनको क्रममा घाइते


सारांश

अमिताभ बच्चन छायांकनको क्रममा घाइते
images

काठमाडौं । अमिताभ बच्चन फिल्म 'प्रोजेक्ट के' को छायांकनकाे क्रममा घाइते भएका छन्।

बलिउड अभिनेता बच्चनले आफ्नो ट्विटरमार्फत लेखेका छन् : 

‘हैदराबादमा प्रोजेक्ट केको एक एक्सन दृश्य छायांकनको क्रममा घाइते भएँ। करङको मांसपेशी च्यातिएको छ। छायांकन रोकिएको छ। हैदराबादको एआईजी अस्पतालमा सिटी स्क्यान गरेर घर फर्किएको छु। धेरै दुख्छ। आवातजावत र श्वासप्रश्वासमा पनि समस्या छ। केही औषधि दिइएको छ। निको हुन केही समय लाग्छ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij