Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रोहितको नेतृत्वमा ‘आईसीसी मेन्स लिग टु’ का लागि नेपाली टोलीको घोषणा


सारांश

रोहितको नेतृत्वमा ‘आईसीसी मेन्स लिग टु’ का लागि नेपाली टोलीको घोषणा
images

काठमाडौं । टियु क्रिकेट मैदानमा  भोलि बिहीबारदेखि सुरु हुने त्रिदेशीय ‘आईसीसी मेन्स लिग टु’का लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

भोलि बिहीबारदेखि घरेलु टोली टीयू मैदानमा लिग टु अन्तगर्तको अन्तिम खेलमा पपुवा न्यू गिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स(यूएई) विरुद्ध खेल्दैछ । यो प्रतियोगिता लिग टु अन्तर्गतको सबैभन्दा अन्तिम खेल हुनेछ । त्रिदेशीय प्रतियोगिताको पहिलो खेलमा पाहुना टोली पीएनजीविरुद्ध नेपालले खेल्नेछ ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्सान झा, भिम सार्की र ललित राजवंसी समेतिएका छन् । यस्तै, सन्दीप जोरा, श्याम ढकाल र कमलसिंह ऐरी रिजर्भमा रहेको क्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij