सारांश
काठमाडौं । सुरक्षा पन्त र मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ ।
सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्।, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’ पन्तले लेखेकी छन् ।
६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले बिहीबार चितवनको सौराहामा विवाहमा परिणत गर्न लागेका हुन् ।