सारांश
एजेन्सी । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो चार हप्तायता एक लाख छ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।