Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्दीप र आसिफको उत्कृष्ट प्रदर्शनमा नेपालको जित, ओडिआई मान्यता जोगाउन एक जित आवश्यक


सारांश

सन्दीप र आसिफको उत्कृष्ट प्रदर्शनमा नेपालको जित, ओडिआई मान्यता जोगाउन  एक जित आवश्यक
images

काठमाडौं । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

नेपालले अव आइतबार युएई, सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । 

नेपाललाई ओडिआई मान्यता जोगाउन अव एक जित मात्रै आवश्यक पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij