सारांश
काठमाडौं । तीन लिडिङ अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्मा एउटै चलचित्रमा सङ्गसङ्गै काम गर्ने भएका छन।
रेखा स्वयं निर्माण गर्न लागेको फिल्ममा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् ।
ज्ञानेन्द्रले यसअघि रेखालाई ‘देवर बाबु’, ‘हिफाजत’ ‘बरमाला’ र ‘खुसी’ मा निर्देशन गरिसकेका छन् भने आँचलसँग यसै वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’मा सहकार्य भएको थियो । पूजासँग भने देउजाले पहिको सहकार्य हो ।