सारांश
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) को आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा अटाउने सम्भावना समाप्त भएको छ ।
लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग ५६ रनको हार ब्येहोरेसँगै यूएईको अंकतालिकाको शीर्ष तीनमा रहने झिनो सम्भावना पनि समाप्त भएको हो ।
हारसँगै ३३ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैठौं स्थानमा छ । जुन तेस्रो स्थानको नामिबियाभन्दा आठ अंक पछि हो ।