सारांश
एजेन्सी। चीनको राष्ट्रपतिमा सी चीनफिङ तेस्रोपटक निर्वाचित भएका छन् । चीनफिङ शुक्रबार सर्वसम्मतबाट राष्ट्रपति निर्वाचित भएका हुन् ।
नेशनल पिपुल्स कांग्रेसको करिब ३ हजार सदस्यले उनलाई विजयी गराएका हुन् । राष्ट्रपतिका उनी एक मात्र उमेदवार थिए ।
निर्वाचित भएपछि उनले ‘समृद्ध, बलियो, लोकतान्त्रिक, सभ्य, मेलमिलाप र महान आधुनिक समाजवादी देश निर्माण गर्ने’ टेलिभिजनको प्रत्यक्ष परसारण गरिएको शपथमा वाचा गरे ।