Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाल टेलिकमको निर्वाचन अफर


सारांश

नेपाल टेलिकमको निर्वाचन अफर
images

काठमाडौं। नेपाल टेलिकमले मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा एक अफर ल्याएको छ । सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको जनाएको छ ।

 अफर आइतबारदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । यस अफरमार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध रहेको टेलिकिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध गराइएको छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक पनि जम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमको भनाइ छ  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij