Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

युएईमाथि नेपालको कीर्तिमानी जित, दुई खेल जिते नेपालले विश्वकप खेल्ने


सारांश

युएईमाथि नेपालको  कीर्तिमानी जित,  दुई खेल जिते नेपालले  विश्वकप खेल्ने
images

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई) माथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । युएईले भने नेपालसँगको हारसँगै सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ । नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।

जितको लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाए । यो युएईको ओडिआई इतिहासको सवैभन्दा कम योगफल हो । यसअघि युएईको सबैभन्दा कम योगफल २०१८ मा आयरल्यान्डविरुद्ध विश्वकप छनोटमा ९१ रनमा अल आउट भएको थियो ।यो नेपालको ओडिआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो ।

नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ ।नेपालले आइसिसी विश्वकप लिग–२ मा बाँकी दुवै खेल जिते आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने भएकोछ ।  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij