Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

कलाकार संघको निर्वाचन : अध्यक्षमा रेजिना उप्रेती र मोहन निरौलाको भीडन्त


सारांश

कलाकार संघको निर्वाचन :  अध्यक्षमा रेजिना उप्रेती र मोहन निरौलाको भीडन्त
images

काठमाडौं । आगामी चैत ४ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनका लागि कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अभिनेत्री रेजिना उप्रेती र वरिष्ठ कलाकार मोहन निरौलाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजाल सहित सात जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा पाँच जना सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेका छन् ।

सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् । जसमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij