सारांश
एजेन्सी। ओस्कर अवार्डको ९५ औं संस्करणमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट चलचित्र घोषणा भएको छ । ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री, उत्कृष्ट सम्पादन र ओरिजिनल स्क्रिनप्लेसहित सात विधाको अवार्ड जितेको छ ।
यही चलचित्रबाट मिसेल योहले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् । उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड पनि यही चलचित्रबाटै के ह्ये क्वान र जेमी ली कर्टिसले जितेका छन् । ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाटै डानिएल क्वान र डानिएल साइनर्टले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।
‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म भएको छ । उत्कृष्ट सिनेम्याटोग्राफी, बेस्ट ओरिजिनल स्कोर अवार्ड र उत्कृष्ट प्रोडक्सन डिजाइनको अवार्ड पनि यही चलचित्रले जितेको छ ।