Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

तोसिमा कार्कीको उम्मेदवारी कायमै रहेको सर्वोच्चको आदेश


सारांश

तोसिमा कार्कीको उम्मेदवारी कायमै रहेको सर्वोच्चको आदेश
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ।

निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आज आदेश दिँदै तोसिमाको उम्मेदवारी कायमै रहेको बताएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले तोसिमाको उम्मेदवारी कायमै रहने जानकारी दिए।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिँदै तोसिमाको उम्मेदवारी कायम गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij