Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मलाई मङ्गलवार पक्राउ गरिँदैछ : डोनाल्ड ट्रम्प


सारांश

मलाई मङ्गलवार पक्राउ गरिँदैछ :  डोनाल्ड ट्रम्प
images

एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति तथा अहिलेको रिपब्लिकन पार्टीमा राष्ट्रपति रेसमा बलिया दाबेदार रहेका डोनाल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिन समर्थकलाई आग्रह गरेका छन् ।

फेसबुकदेखि ट्विटर जस्ता सामाजिक सञ्जालबाट प्रतिबन्ध लाइएका ट्रम्पले आफैले खोजेको ‘ट्रुथ सोसल’ नामक सञ्जालबाट शनिवार यस्तो घोषणा गरेका हुन् । अमेरिकी अधिकारीहरूले आर्थिक मामिलामा आफूलाई पक्राउ गर्न तयारी भएको ट्रम्पको तर्क छ।

सन् २०१६ को राष्ट्रपति चुनावताका ट्रम्पका सहयोगी माइकल कोहेनले १ लाख ३० हजार डलर स्टोर्मी डेनियल्स नामकी एक पोर्न स्टारलाई दिएकोमा पक्राउ हुने चर्चा आएसँगै ट्रम्पले यो पोस्ट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij