सारांश
एजेन्सी। रणवीर कपुर र श्रद्धा कपुर अभिनीत ‘तु झूठी मैं मक्कर’ सय करोड क्लबमा प्रवेश गरेको छ । नेट कलेक्सनका आधारमा फिल्मले ११ औं दिनमा हिन्दी संस्करणमा उक्त कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो फिल्मले शाहरुख खानको कमब्याक रहेको ‘पठान’पछि सन् २०२३ मा सय करोडभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ ।
लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ। बलिउड बक्स अफिसमा दोस्रो साता हलिउडको साजम, रानी मुखर्जीको ‘मिसेज चटर्जी भर्सेस नर्वे’, कपिल शर्माको ‘जिग्वाटो’ र उपेन्द्र स्टारर दक्षिण भारतीय फिल्म ‘कब्जा’जस्ता फिल्म रिलिजको बाबजुद पनि ‘तु झूठी मैं मक्कर’ले राम्रै कमाउन सक्यो ।