Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गरिने


सारांश

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गरिने
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारी गरेको छ । खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ ।

बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारीका साथ खुलामञ्च सफा गरिएको महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए ।

खुलामञ्चमा १५ वैशाख २०७८ देखि सवारी प्रवेशमा रोक लगाइएको थियो । त्यस यता बन्द रहेको खुलामञ्चमा दशैं तिहार अवधिभर चार पाङ्ग्रे सवारी पार्किङ गर्न दिइएको थियो । हाल खुलामञ्च बन्द अवस्थामै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij