सारांश
काठमाडौं । हामी नेपाली ग्लोबल युएसएले लस एन्जलसको हलिउडमा नेपाल फेस्टिभल आयोजना गर्ने भएको छ ।
संस्थाका अध्यक्ष इन्दिरा त्रिपाठीले आगामी जुन २५, २०२३ का दिन महोत्सव आयोजना गर्ने निर्णय गरिएको बताइन । र ,उनले सम्पूर्ण नेपाली समुदायलाई यसमा सहभागिता हुन् समेत आह्वान गरेकी छिन ।
उनले बेला बेलामा यस सम्बन्धि जानकारी गराउने बताइन । साथै यस क्षेत्र वरपर बस्ने नेपाली समुदायलाई सहित शान्ती पथ यात्रा, बहस कार्यक्रम र विभिन्न कार्यक्रममा सहभागिता हुन् अनुरोध गर्दै भेषभुषा सहित उपस्थितिको लागि अनुरोध समेत ईनेप्लिज मार्फत गरेकी छिन ।