Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बुद्धिचाल महासंघको अध्यक्षमा गौतम निर्विरोध


सारांश

बुद्धिचाल महासंघको अध्यक्षमा गौतम निर्विरोध
images

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा विदुरप्रसाद गौतम नेपालसर्वसम्मत चयन भएका छन् । काठमाडौंमा भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् ।

१३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा  ज्ञानेन्द्र प्रसाद पराजुली ६६ र कैलालीका धन बहादुर बोगटी ५८ मतका साथ विजयी भए । माधव प्रसाद प्रधान १९ र विश्व विजय घिमिरेले १५ मत प्राप्त गरे । महासचिवमा धरम बादुर लामा र उप महासचिवमा खोटाङकी मोनालिसा खम्बु विजयी भए । महासचिवमा लामाले ५१ र सुवोधराज शेर्पालीले ४९ मत प्राप्त गरे । उप महासचिवमा खम्बुले ४१ मत प्राप्त गरिन् । उमेश केसी २६, यज्ञ प्रसाद पन्त २१ र भुपेन्द्र निरौला १५ मत प्राप्त गरे । कोषाध्यक्षमा स्याङ्जाका ताराबहादुर रानाभाट ५८ मत सहित विजयी भए । उनका निकत्तम प्रतिद्वन्द्वी रामकिशोर सिंह ४० मत पाए ।

सदस्यहरुमा पाल्पाका चन्द्रमणी गैरे, प्रतिमा महत बाँके , राजु ताम्राकार , ललितपुर , राजेन्द्र पराजुली झापा, सुशील चौधरी धनुषा र भक्तपुरका निरन्जन प्रजापति निर्वाचित भए। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij