Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एससीओ सम्मेलनमा पाकिस्तानलाई भारतको निमन्त्रणा


सारांश

एससीओ सम्मेलनमा पाकिस्तानलाई भारतको निमन्त्रणा
images

एजेन्सी । भारतले अप्रिलमा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका लागि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफलाई निमन्त्रणा पठाएको छ । भारतले अन्य सदस्य राष्ट्रलाई पनि निम्तो दिएको छ ।

भारतले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीलाई मे महिनामा गोवामा हुने एससीओ विदेश मन्त्रीहरूको सम्मेलनमा पनि निम्तो दिएको छ । तर, पाकिस्तानले भारतमा हुने सम्मेलनमा दुवै मन्त्रीको सहभागिताको पुष्टि गरेको छैन ।

एससीओमा भारत र पाकिस्तानबाहेक चीन, रूस, किर्गिस्तान, काजाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सदस्य छन् । भारत आठ देशको संगठन एससीओको वर्तमान अध्यक्ष हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij