सारांश
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअगावै आफू कार्यरत मुलुकबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ।
अवधि सकिएपछि श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै मन्त्रालयले श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै नवीरण गर्न आग्रह गरेको हो।
वैदेशिक रोजगार विभागको वेबसाइटबाट जुनसुकै मुलुकमा भए पनि श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ। आफ्नो श्रम स्वीकृतिको म्याद रहे/नरहेको बेहोरा विभागको उक्त वेबसाइटमा गई जाँच गर्न सकिन्छ। म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरण गर्नुपर्छ।