सारांश
एजेन्सी । अफगानिस्तानको सहर जुर्म भन्दा ४० किलोमिटर दक्षिणपूर्वमा पाकिस्तान र ताजकिस्तानको सीमा नजिक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
६.५ म्याग्निच्युडको भूकम्पमा परी दर्जनौँ मासिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस भएको बताइएको छ ।
भूकम्पको धक्का भने भारत, पाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान, किर्गिजस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानका करिब २८ करोड भन्दा बढी मानिसले महसुस गरेको युरोपेली भूमध्य भूगर्भ केन्द्रले जनाएको छ ।