Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

मेसीको ८००औं गोल, पानामामाथि अर्जेन्टिनाको जित


सारांश

मेसीको ८००औं गोल, पानामामाथि अर्जेन्टिनाको जित
images

एजेन्सी । लियोनल मेसीले करिअरमा ८००औँ गोल गरेको खेलमा अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानामालाई २–० ले पराजित गरेको छ । 

कतार विश्वकपमा उपाधि जितेपछि पहिलोपटक खेलेको अर्जेन्टिनाले घरेलु मैदानमा गोलका लागि ७८ मिनेटसम्म कुर्नु परेको थियो । बैकल्पिक खेलाडी थिएगो अलमाडाले गरेको गोलबाट अर्जेन्टिनाले ७८औँ मिनेटमा अग्रता लिएको थियो । अलमाडा ४६औँ मिनेटमा एलेक्सिस मार्क एलिस्टरको स्थानमा मैदान छिरेका थिए । खेल सकिन एक मिनेट बाँकी हुँदा मेसीले फ्रीककमा गोल गरेपछि अर्जेन्टिनाको जित पक्का भएको थियो । 

मेसीको यो क्लब फुटबल र अन्तर्राष्ट्रिय खेलमा गरी करिअरको ८००औँ गोल हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij