सारांश
एजेन्सी। भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँगै युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ ।
स्टेडियो जोश अल्भालेड लिस्वोआ पोर्चुगलमा बिहीबार राति भएको खेलमा घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे ।
रोनाल्डोले बिहीबार खेलेसँगै विश्व कीर्तिमानी १९७ अन्तर्राष्ट्रिय खेल खेले। ३८ वर्षिय रोनाल्डोले कीर्तिमानी १२० अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। उनले सन् २००३ मा अन्तर्राष्ट्रिय डेब्यू गरे र विश्वकप २०२२ कतारमा पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने।
रोनाल्डोका रेकर्ड
सर्वाधिक च्याम्पियन्स लिग गोल (१४०)
धेरै च्याम्पियन्स लिग खेल्ने (१८३)
सर्वाधिक च्याम्पियन्स लिग जित्ने (५)
तीन च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने एक मात्र खेलाडी
युरोपेली च्याम्पियनसिपको धेरै फाइनल खेल्ने (५)
युरोपियन च्याम्पियनसिपको फाइनलमा सर्वाधिक गोल (१४)
युरो र विश्वकपको समग्रमा सर्वाधिक गोल (२२)
विश्व फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल (१२०)
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा १० ह्याट्रिक गर्ने पहिलो खेलाडी