सारांश
एजेन्सी। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद अदालतको फैसलासँगै खारेज भएको छ ।
बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।
एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?’ राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा यो अभिव्यक्ति दिएका थिए ।