सारांश
काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । दुवै टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् ।
नेपालका प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानसँग जित्ने मनोवलका साथ टिम तयार पारिएको बताएका छन् । तयारीका लागि कम समय पाएको र धेरै खेलाडीहरु विदेश पलायन भएको अवस्थामा यहाँ भएका उत्कृष्ट खेलाडी समेटेर टिम तयार पारेको उनको भनाई छ ।
पाकिस्तान फिफा निलम्बन फुकूवा भएपछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।