सारांश
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका छन् ।
युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकसँगको तनावपूर्ण सम्बन्ध र रुसी विश्लेषकले सम्भावित आणविक हमलाको सन्दर्भ निकालिरहेका बेला पुटिनले यस्तो घोषणा गरेका हुन् ।
संयुक्त राज्य अमेरिकाले दशकौँदेखि आफ्नो युरोपेली सहयोगी मुलुकमा आणविक हतियार राखेको बताउँदै पुटिनले बेलारुससँगको सम्झौताले आणविक सम्झौताको उल्लंघन समेत नगर्ने बताएका छन् ।