सारांश
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटमा भियतनामसँग दुई खेल खेल्ने भएको छ ।
नेपाल रहेको समूह ‘सी’ बाट अन्तिम समयमा अफगानिस्तानले आफ्नो नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि प्यालेस्टाइनले पनि आफ्नो नाम फिर्ता लिएको थियो ।
समूह ‘सी’ को छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नयाँ तालिका अनुसार नेपाल र भियतनामबीचको पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ । खेल साँझ ६ बजेपछि हुनेछ ।