काठमाडौं / नेपालले युएईसँग दोस्रो ओडिआई खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान सिपी रिजवानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
आजको खेलमा नेपाल जित निकाल्दै सिरिज जोगाउने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । यता यूएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने योजनामा छ । तीन खेलको सिरिजमा युएई १–० ले अघि छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।