Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विनोद चौधरीको पक्षमा खुले प्रदीप


सारांश

विनोद चौधरीको पक्षमा खुले प्रदीप
images

काठमाडौं / कलाकार प्रदीप खड्का आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँए सँगै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई जिताउन हिँडेका छन् । मंगलवार नवलपरासीको बर्दघाट-१२ मा चौधरीको चुनावी सभामा उनी सहभागी भएका थिए ।

चौधरी नवलपरासी (ब.सु.प) क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरु पुगेका थिए भने उनीहरुसँगै प्रदीप खड्कालाई पनि अतिथीको रुपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij