सारांश
एजेन्सी । चीनका राष्ट्रपति सी जिङपिङले मध्यपूर्वमा एकअर्काका 'कट्टर शत्रु' इरान र साउदी अरेबियाले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले मंगलबार राष्ट्रपति सीको साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग फोनमा कुराकानी भएको बताएका छन् ।
सात वर्षअघि ठूलो विवादपछि दुवै देशले कूटनीतिक सम्बन्ध तोडेका थिए ।