Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढी वृद्धि


सारांश

उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढी वृद्धि
images

काठमाडौं / बजारमाअधिकांश उपभोग्य वस्तुको मूल्य चुनावको मौका छोपेर बजारमा वृद्धि भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो ।

सरकारको सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्यधिक रूपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरू समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोक्न लागेको उपभोक्ताहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij