Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

जी–२० सम्मेलनमा रुस–युक्रेन युद्धको कडा शब्दमा भर्त्सना, भारतलाई अध्यक्षता हस्तान्तरण


सारांश

जी–२० सम्मेलनमा रुस–युक्रेन युद्धको कडा शब्दमा भर्त्सना, भारतलाई अध्यक्षता हस्तान्तरण
images

बाली । विश्वका ठुला अर्थतन्त्र भएका देशहरूको संगठन जी–२० राष्ट्रका नेताहरूले रुस–युक्रेन कडा शब्दमा भर्त्सना  गरेका छन् । साथै युक्रेनको भूमिबाट विनासर्त पूर्ण रूपमा सेना फिर्ता गर्न माग गर्दै दुई दिने सम्मेलन बुधबार सकिएको छ । 

इन्डोनेसियाको राजधानीमा बालीमा मंगलबारदेखि सुरु भएको सम्मेलनमा पाँच बुँदे घोषणापत्र सार्वजनिक भएको थियो । सम्मेलनमा सहभागी अधिकांश देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य संकट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अर्थतन्त्र नै समस्यामा पारेको भन्दै उनीहरूले फेरि एकपटक सबै युद्ध अन्त्यका लागि सहमत हुनुपर्ने जोड दिएका थिए ।

सम्मेलन सकिएसँगै बुधबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आधिकारिक रूपमा जी–२० को अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुम्पिएका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij