सारांश
काठमाडौ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा आज आयोजक नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशालामा हुने फाइनल साँझ साँढे पाँच बजे सुरू हुनेछ । यसअघि, फिफा ब्रेकमा आयोजना गरिएको यस प्रतियोगिताले भने औपचारिक फिफा मान्यता नपाउने भएको छ । फिफा डे सकिसकेकाले नेपाल र लाओसबीचको फाइनल खेल अनौपचारिक मैत्रिपूर्ण हुनेछ । यो खेलले फिफा वरियतामा केही पनि असर पार्ने छैन ।
वरियतामा लाओस नेपालभन्दा १२ स्थान तल छ । नेपाल फिफा वरियताको १७५औं स्थानमा रहँदा लाओस १८७औं स्थानमा छ ।