सारांश
काठमाडौं । महिला ओलम्पिक एसियन छनोटका लागि २२ सदस्यीय टोलीको अन्तिम छनोट भएको छ ।
महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामविरुद्ध चैत २२ र २५ गते दशरथ रंगशालामा हुने छनोटका लागि टोलीको घोषणा गरेका हुन् । दशरथ रंगशालामा दुवै खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मुख्य प्रशिक्षक थापाले प्रारम्भिक चरणको प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट २२ खेलाडी छनोट गरेको हो । सपना राई, प्रीति राई, निर्मला विक, रजनी थोकर, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर र सारा बज्राचार्य बाहिरिएका छन् ।