Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आइपिएल डिस होमको आइटिभीमा हेर्न सकिने


सारांश

आइपिएल डिस होमको आइटिभीमा हेर्न सकिने
images

काठमाडौं। नेपालको पहिलो प्रिमियर आइपीटिभी डिस होम आइटिभीमा विश्वकै चर्चित भारतीय प्रिमियर लिग (आइपिएल) एचडी क्वालिटीमा हेर्न सकिने भएको छ ।

डिस मिडिया नेटवर्कले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर आइपीटिभीको सेवा शुभारम्भ गरेको हो । नेपालको पहिलो प्रिमियम आइपीटिभी डीएच आइटिभी, डीटिएच र टेरेस्ट्रीएल भन्दा फरक प्रविधी भएको कारण आइपीटिभीमा लोकप्रिय आइपिएल एचडी क्वालिटीमा हेर्न सकिनेछ । यस्तै क्रिकेटबाहेक कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी विभिन्न अन्तर्राष्ट्रिय सिरिज पनि आफूले चाहेको समयमा हेर्न सकिनेछ ।

यसबाहेक दैनिक रुपमा विभिन्न खेलकुद, सिरिज, सिनेमा र रमाइलो टिभीमा कार्यक्रमका साथै २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्ट हेर्न सकिनेछ । आइटिभीमा भिडियो अन डिमाण्ड, क्याच अप टिभी, स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ । इन्टरनेट मार्फत टिभी सिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डीएच फाइबरनेट जडान गर्दै नेपालको पहिलो प्रिमियम आइपीटिभीको मज्जा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij