सारांश
काठमाडौं । नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।
शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित दर्ता गरेको हो ।
९ हजार बढी समर्थकका अगाडि घरेलु टिमको पुनरागमन जितले नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसलाई पनि राहत मिलेको छ । स्वभाविक रुपमा उनले भन्न पाएका छन्, ‘हामी एकपछि अर्को खेलमा सुधारिएका छौं ।’