सारांश
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मुद्दा चल्ने तय भएको छ । न्युयोर्कको म्यानहेट्टन ग्र्याण्ड जुरीले बिहीबार ट्रम्पविरुद्ध मुद्दा चलाउने अनुमति दिएको हो ।
सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टारसँगको अफेयर र यसबारे चुप बस्न पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई एक लाख ३० हजार डलर दिएको विषयमा ट्रम्पविरुद्ध छानबिन हुने भएको हो ।
पैसाको लेनदेनबारे खुलासा स्वयं स्ट्रोमी डेनियल्सले गरेकी हुन् । ट्रम्पले भने आफूमाथि लगाइएका आरोपलाई खण्डन गर्दै आएका छन् ।