सारांश
काठमाडौं । दोस्रो एकदिवसीय खेलमा बुधबार नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्याे ।
यो जितसँगै शृंखलामा नेपालले १-१ को बराबरी गरेको छ । यूएई तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल आएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पाहुना टोलीसँग ८४ रनले पराजित भएको थियो ।
शृंखलाको अन्तिम खेल मंसिर २ गते हुनेछ ।