Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

भुटानका नरेशले भारतको भ्रमण गर्ने


सारांश

भुटानका नरेशले भारतको भ्रमण गर्ने
images

काठमाडौं । भुटानका नरेश जिग्मे खेसर नामग्याल वाङ्चुकले भारतको राजकीय भ्रमण गर्ने भएका छन् । वाङ्चुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका हुन् 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनले भारतको भ्रमण गर्न लागेका हुन् । भुटानका राजाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको लामो समयदेखिको परम्परागत संस्कृति अनुरूप हुने बताइएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकर र वरिष्ठ अधिकारीहरूले पनि भुटानका राजासँग शिष्टाचार भेट गर्नेछन् ।

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगका सम्पूर्ण आयामहरूको समीक्षा गर्न र आर्थिक र विकास सहयोगसहित घनिष्ठ द्विपक्षीय साझेदारीलाई अझ प्रगाढ बनाउन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij