Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रचनात्मक सहरका लागि कामनपाले छान्यो चलचित्र विधा


सारांश

रचनात्मक सहरका लागि कामनपाले छान्यो चलचित्र विधा
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो ।

“यी सबै विधा महत्वपूर्ण र काठमाडौँसँग सम्बन्धित छन् । तीमध्ये एउटा मात्र छान्नु पर्दा हामीले चलचित्र विधालाई छान्यौँ”, महानगरकी उपप्रमुख सुनिता डंगोलले भनिन्,“अन्य विधा छान्दा एउटै क्षेत्रमा मात्र सीमित हुनु पर्ने भयो । चलचित्रबाट सबै विधामा काम गर्न सकिन्छ ।”

दिगो सहरी विकासका लागि अन्तरराष्ट्रिय सहयोगका विषयमा कुरा गर्दै उपप्रमुख डंगोलले, चलचित्र विधाबाट विषयको प्रबर्धन सँगै तत्काल अवस्थाको अभिलेख प्राप्त हुने उल्लेख गरिन् । छानिएको बिषयमा सरोकारवालाबाट पृष्ठपोषण लिन शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले, सम्बद्ध क्षेत्र र अधिकारीबाट प्राप्त सुझावलाई विश्लेषण गरेर महानगरले उचित नीति निर्माण गर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij