Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

बहाब हेर्नुस्, थाईल्याण्ड घुम्नुस


सारांश

बहाब हेर्नुस्, थाईल्याण्ड घुम्नुस
images

काठमाडौं ।  चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा  निर्माण पक्षले पनि थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन्। 

पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ। खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाइसी प्रमाणित भएको हुनुपर्ने छ। नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिने छ। खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली व्यक्तिले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन्।

 दुईतर्फी हवाई भाडा र तीन रे होटेलमा बसाइसहितको चार रात, पाँच दिनको टूर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज चलचित्र प्रमोसनको लागि निकै प्रभावकारी हुने निर्माण पक्षको दाबी छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij