Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एनसेल बाह्रखरी गल्फ वैशाख ९ मा, विजेताले ‘सुनको बल’ प्राप्त गर्ने


सारांश

एनसेल बाह्रखरी गल्फ वैशाख ९ मा, विजेताले ‘सुनको बल’  प्राप्त गर्ने
images

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ ।

आइतबार बाह्रखरी मिडियाले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो । ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने बताइएको छ ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढीको कार्यक्रममा सहभागिता रहनेछ ।

12kharigolf (2)1680432443.jpgबाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको बताए ।‘खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने,बाह्रखरीले गरेको यो कामलाई अन्य मिडियालेसमेत सञ्चालन गर्न सक्छन् ।’

कर्पोरेट गल्फ प्रतियोगिताका विजेताले सुनको बल’ प्रात गर्नेछन् । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij