कृष्टिनागुरुङ
सारांश
काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को हिन्दी भर्सनको कलेक्सन पनि नेपाली निर्माताले नै लिने भएका छन् । नेपालमा रिलिज हुने हिन्दी र नेपाली दुबै संस्करणको कलेक्सन नेपाली निर्माताले नै लिने गरी सम्झौता भएको छ ।
“नेपालमा रिलिज हुने प्रेम गीत–३ को हिन्दी संस्करणको कलेक्सन पनि नेपाली निर्माताले लिने हाम्रो सम्झौता छ,” भारतमा रहेका प्रेम गीत–३ का निर्माता सन्तोष सेनले भने, “भारतको कलेक्सन भारतीय वितरकले लिन्छ, नेपालको हाम्रै हुन्छ ।”